सिटिजन एक्शन पार्टी, सिक्किमले पनि पालन गऱ्यो ५०औं राज्य दिवस

IMG-20250517-WA0249

गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किमले पनि हिजो सिक्किमको ५०औं राज्य दिवस पालन गऱ्यो। पूर्व सिक्किमको रम्फूस्थित क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष गणेश कुमार राई मुख्य अतिथि रहेका थिए। सिक्किम राज्य स्थापनाको यस स्वर्णजयन्तीको अवसरमा पार्टीका विभिन्न तप्काका नेताले सिक्किमको इतिहास, प्रजातन्त्रमा ५० वर्षे यात्रा अनि सिक्किम र सिक्किमीले भारत देशको निम्ति दिएको योगदान बारे आ-आफ्ना विचारहरू व्यक्त गरे। कार्यक्रममा देशभक्ति गीत-सङ्गीतको प्रस्तुती साथै कविताहरू पनि वाचन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गणेश कुमार राईले सम्पूर्ण राज्यवासीलाई राज्य दिवसको शुभकामना व्यक्त गरे। उनले सिक्किम राज्यले प्रजातन्त्र प्राप्त गरेपछिको ५० वर्षमा हासिल गरेका उपलब्धीहरू बारे ममीक्षा गर्दै सिक्किमले देशको विकास र राष्ट्रीय एकता अनि अखण्डतामा पुऱ्याएको योगदानको प्रशंसा गरे। यसको साथै राईले राज्यको वर्तमान राजनीतिक अवस्थामाथि पनि आफ्नो विचारहरू राखे। उनले सिक्किम हाल गलत राजनीतिक प्रवृतिको शिकार बनेको छ भन्दै चिन्ता व्यक्त गरे। अब सिक्किमवासीको निम्ति एक मात्र विकल्प सिटिजन एक्शन पार्टी, सिक्किम रहेको राईको दावी रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement