नाम्चीमा साइक्लिङ प्रतियोगिता

IMG-20250517-WA0250

गान्तोक: नाम्ची जिल्ला पर्यटन एवं नागरिक उडडयन विभागले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती अवसरमा ३४ किलोमिटर लामो साइक्लिङ प्रतियोगिता आयोजन गऱ्यो। यस अवसरमा राज्यका साइक्लिस्टहरूले उत्साहजनक सहभागिता जनाएका थिए। नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतीशचन्द्र राईले साइकल ऱ्यालीलाई झण्डा हल्लाएर प्रस्थान गराए। आफ्नो छोटो सम्बोधनमा विधायक राईले नाम्ची जिल्लालाई पर्यटन क्षेत्रकोरूपमा विकास गर्न शुरू गरिएको पहलबारे खुलेर सराहना गरे। विधायक राइले यसभन्दा अघि विभागद्वारा आयोजित कार्यक्रमबारे आफ्नो अनुभव पनि साझा गरे। यसका साथै उनले आइतबात नाम्चीदेखि मणिराम भञ्ज्याङसम्मको पदयात्रामा सामेल हुन सबैलाई आग्रह गरे। यस प्रतियोगितामा कूल २१ जना साइक्लिस्टहरूले सहभागिता जनाएका थिए। प्रतियोगिता नाम्चीस्थित किसान बजारदेखि शुरू भएर तारेभीर हुँदै पूनः किसान बजारमा पुगेर समापन भएको थियो। प्रतियोगितामा अनुष शेर्पा प्रथम भए भने गणेश प्रसाई दोस्रो र राज राईले तेस्रो स्थान ओगटन सफल बने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement