ग्रीष्मकालीन स्नुकर च्याम्पियनशीप २०२५ को समापन

IMG-20250517-WA0251

गान्तोक: देवरालीस्थित क्यू क्लबमा आयोजित ग्रीष्मकालीन स्नुकर च्याम्पियनशीप २०२५ को समापन आज भएको छ। राज्य स्थापनाको ५०औँ गौरवपूर्ण अवसरमा आयोजन गरिएको च्याम्पियनशीपको फाइनलमा सिक्किम सरकारका शिक्षा, खेलकुद तथा युवा मामिला विभागीय मन्त्री राजु बस्नेत अनि सडक तथा पुल विभागीय मन्त्री एनबी दाहाल विशेश अतिथि रहेका थिए। साथमा सिक्किम राज्य ब्यांकका प्रबन्ध निर्देशक फुर्बा वाङ्दी भोटिया पनि उपस्थित थिए। एसोसिएसन-का अध्यक्ष बासु शर्मा अनि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका सोसियल मिडिया राज्य अध्यक्ष नवीन दाहाल र एसोसिएसनका सदस्यहरू पनि सामेल थिए। दीप प्रज्वलनपछि विधिपूर्वक प्रारम्भ भएको कार्यक्रममा प्रबन्ध निर्देशक फुर्बा वाङ्दी भोटियाले स्नुकरलाई अनुशासित खेलका रूपमा उल्लेख गर्दै युवाहरुले खेललाई अप्नाउनुपर्ने आह्वान गरे। कार्यक्रममा स्नुकर क्षेत्रमा अतुलनीय योगदान पुर्या उँदै आएका निमा लेप्चालाई एसोसिएशनको पक्षबाट अभिनन्दन जनाइयो। यसका साथै स्नुकर एसोसिएशनका पदाधिकारीहरुलाई दिवस राणा, कृष्ण गुप्त र विकास शर्मालाई पनि सम्मानित गरियो. यसक्रममा धिरज राईलाई उदीयमान खेलाडी र ‘प्लेयर अफ द म्याच’ अविनेश शाहलाई प्रदान गरियो। यसैगरी रेगान श्रेष्ठ, अमन कार्की र पारस गुप्तलाई पनि सम्मानित गरियो। खेलमा नेपालका राजेन लामा रनर्स् अप र सावाज खान च्याम्पियन बने। उनीहरू दुवैलाई आकर्षक नगद पुरस्कारले सम्मानित गरियो। मुख्य अतिथि मन्त्री राजु बस्नेतले कार्यक्रका खेलाड़ीहरुसंग अन्तर्क्रिया पनि गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement