राज्य स्थापना दिवसमा जनमुखी कार्यको संकल्प

IMG-20250517-WA0252

गान्तोक: मंगन जिल्लाको शहरी विकास विभागले सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठको अवसरमा विविध कार्यक्रम आयोजन गऱ्यो। सरकारका अधिकारीदेखि लिएर आमजनताले हर्षोल्लाहसपूर्वक राज्य स्थापना दिवस पालन गरे। यस अवसरमा ग्रामीण क्षेत्रमा विभिन्न प्रकारका सुविधा पुऱ्याउने सरकारको योजना साथै यसबारे जागरुकता गराउने कार्य गरियो। यसबीच हितधारकहरूलाई विकास कार्यमा सक्रियरूपमा सहभागी बन्ने आह्वान गर्दै जनताले पाउने अधिकारहरुमाथि गम्भीरता देखाउनुपर्ने अपील गरिएको थियो। मंगन नगर पञ्चायतका अध्यक्ष नोर्कित लेप्चाको अध्यक्षतामा बसेको एकसभामा उपाध्यक्ष उगेन पाल्जोर काजी मुख्य अतिथि थिए। सभामा विशेष गरेर वर्षा मौसमलाई ध्यानमा राख्दै विभिन्न विषयमाथि छलफल गरियो। जसमा पिउने पानी, सड़क, नाली, सडक सम्पर्क, पार्किङ सुविधा र ट्राफिक व्यवस्थापन जस्ता अन्य विषयमा छलफल गरिएको थियो। यस अवसरमा लोवर मंगन बजार र पुरानो मंगन बजारको जोखिम न्यूनीकरणमाथि निर्णाय़क छलफल गर्दै अप्पर मंगन बजारअन्तर्गत जेटीडब्ल्यू कार्यहरू सञ्चालन साथै पूर्वाधार विकास योजनाहरूमाथि छलफल गरियो। यस सभामा लिएको पारित प्रस्ताव राज्य सरकारसमक्ष बुझाउने भएको छ। उक्त सभामा नगर पञ्चायतका नोडल अधिकारी नोर्देन जी. तामाङले केन्द्र सरकारद्वारा मंगन नगर पञ्चायतलाई प्रदान गरिएको विभिन्न योजनाहरूबारे रिपोर्ट प्रस्तुत गरे। यस अवसरमा स्वयं सहायता समूहद्वारा सांस्कृतिक कार्यक्रम पनि आयोजन गरिएको थियो। यसरी नै स्थानीय निकायस्तरमा निम्न माध्यमिक विद्यालयलाई लिएर हाजिरी जवाफ प्रतियोगिताको आयोजन गरिएको थियो। जसमा नर्थ सिक्किम एकाडेमीले प्रथम स्थान प्राप्त गऱ्यो। लिटल फ्लावर निम्न माध्यमिक विद्यालय दोस्रो र कन्या वरिष्ठ माध्यमिक विद्यालय तेस्रो बन्यो। सोही क्रममा हर घर तिरङगा कार्यक्रम पनि आयोजना गरिएको थियो। स्थानीय व्यापारीहरु लगायत संघ संस्थाहरुले राष्ट्रीय झण्डा प्रदान गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement