पाकिम जिल्लाका पञ्चायत प्रतिनिधिहरु एक्सपोजर भ्रमणमा

IMG-20250517-WA0254

पाकिम: पाकिम जिल्लाका पञ्चायत प्रतिनिधिहरूलाई लिएर वाणिज्य एवं उद्योग विभागले एक्सपोजर भ्रमण आयोजन गऱ्यो। यसअन्तर्गत पञ्चायतहरुलाई दक्षिण सिक्किमको तिमी चिया बगान लगायत अन्य उद्योग क्षेत्रको भ्रमण गराइएको थियो। तीन दिवसीय एक्सपोजर भ्रमणको निम्ति पाकिम जिल्लाका पाँच ग्राम पञ्चायत यूनिटअन्तर्गतका पञ्चायतहरूलाई चयनित गरिएको थियो। सिक्किमको एक मात्र सरकारी तिमी चियाबगानको शुरू १९६९ मा भएको थियो। सरकारले यहाँबाट उत्पादित चियालाई पूर्ण जैविक प्रमाणिकरण गराएको छ। यस भ्रमणको उद्देश्य सिक्किमको समृद्ध कृषि सम्पदाको प्रवर्द्धन गर्नु र स्थानीय प्रतिनिधिहरूलाई आ-आफ्नो क्षेत्राधिकारमा दिगो र समुदायिक विकासतिर प्रेरित गर्नु थियो। यस भ्रमणलाई पाकिम जिल्लाका महकुमा अधिकारी थेन्डुप लेप्चाले झण्डा हल्लाएर प्रस्थान गराएका थिए। भ्रमणको पहिलो दिन श्रीकृष्ण प्रणामी मंगल धाममा पुगेर त्यहाँका पूर्वाधार तथा स्थानीय उत्पादबारे जानकारी गराइयो। यसरी नै दोस्रो दिन तिमी चिया बगानको भ्रमण गराइएको थियो। जहाँ उक्त कम्पनीकी निर्देशक राधा प्रधानले स्वागत जनाएकी थिइन्। निर्देशक प्रधानले अध्ययन भ्रमणमा आएका पञ्चायत प्रतिनिधिहरुलाई आफ्नो क्षेत्रमा चियाको बिरूवा रोप्नुपर्ने आग्रह गर्दै यसको निम्ति कम्पनीको तर्फबाट सहयोग पुऱ्याउने आश्वासन दिएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement