गान्तोक: हिजो सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ तथा स्वर्णजयन्तीको अवसरमा सिक्किम र सिक्किमवासीलाई शुभकामना व्यक्त गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङले देशभरिका सबै नेतृत्वगण, मित्र अनि शुभचिन्तकहरूलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन्। शुभचिन्तकहरूको शुभकामनाले प्रत्येक सिक्किमेको मनलाई छोएको अनि यसले प्रजातन्त्रको स्वर्णजयन्ती जस्तो ऐतिहासिक दिनको महत्व र गरिमालाई अझ बड़ाएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
उल्लेखनीय छ, सिक्किमको ५०औं राज्य दिवसको अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमति शाह, विपक्षी नेता राहुल गान्धी, उत्तर प्रदेशका मुख्मन्त्री योगी आदित्यनाथ साथै अन्यहरूले राज्य अनि राज्यवासीलाई शुभकामना व्यक्त गरेका थिए।
यसको साथै मुख्यमन्त्री तामाङले राज्यवासीलाई पनि शुभकामना व्यक्त गरेका छन्। सिक्किमे जनताको माया, सहयोग र जोशपूर्ण सहभागिताले ऐतिहासिक उत्सवलाई सफल बनाएको उनको भनाइ रहेको छ। सिक्किम केवल एउटा ठाउँ होइन। यो एउटा भावना, साझा पहिचान र सामूहिक गौरव हो। र, यो उत्सव त्यही भावनाको सुन्दर प्रतिबिम्ब थियो, उनले भनेका छन्।