बेंगलुरु: आईपीएल २०२५-को सीजन शनिवारदेखि पुनः शुरु भए पनि पहिलो म्याच नै वर्षाले गर्दा रद्द भयो। गत विजेता कलकत्ता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-बीच आज खेलिने म्याच वर्षाले गर्दा टस पनि नभइ रद्द भयो। म्याच रद्द हुँदा दुवै टीमलाई १-१ पोइण्ट हासिल भयो। यसको साथै आरसीबी १२ वटा म्याचमा १७ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। यसको विपरीत केकेआर चाहिँ १३ वटा म्याचमा १२ पोइण्ट्सको साथ छैटौं स्थानमा रहेर प्लेअफ्-को रेसबाट बाहिर हुने चौथो टीम बन्यो। सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स अगावै प्लेअफ्-को रेसबाट बाहिर भइसकेको छ।