अलराउण्डर रोस्टन चेस वेष्ट इण्डिज टेस्ट टीमको कप्तान नियुक्त

IMG-20250517-WA0246

जमैका: अलराउण्डर रोस्टन चेस वेष्ट इण्डिज पुरुष क्रिकेट टीमको नयाँ टेस्ट कप्तान नियुक्त भए। चेसले आफ्नो अन्तिम टेस्ट म्याच २ साल अघि खेलेका थिए। टेस्ट टीममा चेसले क्रेग ब्रेथवेटको स्थानमा जिम्मेवारी सम्हाल्नेछन्। ब्रेथवेटले यस साल मार्चमा टेस्ट कप्तानी छोड़ेका थिए। कप्तानको रूपमा चेसको पहिलो चुनौती अष्ट्रेलियाविरुद्ध टेस्ट सीरीज हुनेछ, जुन वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) चक्र २०२५-२७-मा दुवै टीमको पहिलो भिड़न्त हुनेछ। योमेल वारिकनलाई टेस्ट टीमको उपकप्तान नियुक्त गरिएको छ। क्रिकेट वेष्ट इण्डिज (सीडब्ल्यूआई) द्वारा जारी बयानमा वेष्ट इण्डिजको वर्तमान एकदिने र टी२०आई कप्तान शाई होप टेस्टमा कप्तानी गर्न राजी नभएको जानकारी दिइएको छ। नयाँ कप्तानको चयनको निम्ति भएको बैठकमा मुख्य प्रशिक्षक डेरेन सेमी, क्रिकेट निदेशक माइल्स बासकम्ब र क्रिकेट रणनीति र कार्यवाहक समितिका अध्यक्ष इनोक लुईस उपस्थित थिए। मुख्य प्रशिक्षक सेमीले प्रशंसकहरूसँग आफ्नो नयाँ कप्तानलाई समर्थन गर्ने आग्रह गरे। चेसले ४९ वटा टेस्ट म्याचमा २६.३३-को औसतले ५ वटा शतकको साथ २२६५ रन बनाएका छन्। उनले टेस्ट क्रिकेटमा ८५ विकेट पनि लिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement