खरसाङ: खरसाङको सिंगेल चिया बगान अन्तर्गत चारधुरा नजिक ढडेनमा बुद्धिष्ट माइनोरिटी वेलफेयर एसोसिएसनद्वारा बुद्ध पार्क निर्माणको लागि शिलान्यास गरिएको छ। उक्त शिलान्यास समारोहमा एसोसिएसनका अध्यक्ष बिरेन्द्र तामाङ, सचिव भिषन तामाङ, कार्यकारी सदस्यहरु कुनाल तामाङ, सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान सहदेव तामाङ, सुब्बा समाजबाट अध्यक्ष, सचिव, कोठीधुरा ग्राम सुधार समितिबाट अध्यक्ष, सचिव, आनिला संगठन सिमानाधुराबाट सदस्यहरू, अखिल भारतीय तामाङ सिंगेल शाखाबाट अध्यक्ष, छेत्री समाज, राई समाजबाट उपस्थित रहेका थिए। उक्त शिलान्यास कार्यक्रममा धर्म गुरू प्रनिल लामाले पूजा अर्चना गरेपछि पञ्चायत प्रधान सहदेव तामाङले नरिवल फुटाएर बुद्ध पार्कको निर्माण कार्य शुरू गरिएको जानकारी प्राप्त भएको छ।