खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सभा तीनधारे चियाबारीमा सम्पन्न भएको छ। उक्त सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सदस्य सनबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा आदिले वक्तव्य राखेका थिए। सभामा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य दिपेन्द्र तामाङ, शाखा अध्यक्ष बिक्रम तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको शाखा सचिवको रुपमा राजु लामालाई नियुक्त गरिएको छ। सभालाई सम्बोधन गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले चियाबारी श्रमिकहरु र कर्मचारीहरुको समस्या समाधानको लागि पहल गर्ने केवल हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन गरिरहेको र विगतमा चियाबारी श्रमिकहरुले जस्तो प्रकारले दु:ख पाए अब आगामी दिनमा तेस्तो नहुने बताएका छन्। उनले तीनधारे चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीले धेरै विकासका कार्यहरू गरिरहेको बताउँदै चियाबारी श्रमिकहरुको समस्या समाधानको लागि पनि कार्य गरिरहेको बताएका छन्। उनले तीनधारे चियाबारीमा जीटीए र पञ्चायत क्षेत्रबाट पनि धेरै विकासका कार्यहरू भईरहेको जानकारी गराएका छन्। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले आफ्नो सम्भाषणमा चियाबारी श्रमिकहरु र कर्मचारीहरु सबैजना एक भएर बस्नुपर्छ भन्दै एकतामा रहेको खण्डमा कुनै पनि कुरा पाउन सक्ने बताएका छन्। उनले विपक्षीहरुले केवल भागोप्रमोलाई बदनाम गर्न मात्र गर्छन् बगानतिर आएर तर चियाबारीको श्रमिकहरुको समस्या समाधानको लागि केवल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र संस्थापक अध्यक्ष अनित थापाले मात्र कार्य गरिरहेको साथै चियाबारी श्रमिकहरुको चिन्ता गर्ने गरेको बताएका छन्। उनले चियाबारी क्षेत्रमा रहेको विभिन्न पदहरु हटेर जाँदैछ तर यसलाई बचाएर राख्नु आवश्यक रहेको पनि बताएका छन्।सभापछि तीनधारे चियाबारीको प्रबन्धक ए विश्वाससित बैठक गरेर यस वर्ष २०२५ को मांग पत्र लिएर चाढै नै खरसाङको सह श्रमायुक्तसित बसेर छलफल गरिने भएको छ।