आशरिका फाउन्डेशन डे केयर सेन्टरका विद्यार्थीहरुले कला प्रदर्शनी कार्यक्रम

IMG-20250517-WA0191

सोनादा: रंगबुल सोनादा आशरिका फाउन्डेशन डे केयर सेन्टरका विद्यार्थीहरुले कला प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ। शनिबारको दिन आशारिका फाउन्डेशनका विद्यार्थीहरुले फाउन्डेशनको डे केयर सेन्टरमा कला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो आफ्नो कला प्रदर्शनी गरेका थिए।‌ यस कार्यक्रममा अतिथिहरूमा रंगबूल आशरिका फाउन्डेशनका सभापति रित्विक तामाङ, सदस्य शरणकुमार लिम्बु, रंगबूल अमर ज्योतिको सभापति ऋषिकेश राई, कोठीडाँडा सेवा समितिका सभापति सग्राम बराईली साथै शिक्षक, शिक्षिकाहरु र अभिवाकवर्ग उपस्थित थिए भनी रुपेश छेत्रीले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement