सभासद मिलेश राईको पहलमा मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रको साफ-सफाई

IMG_20220914_172616.jpg

मिरिक: मिलेश राई मिरिक थर्बु डुप्टिन समष्टिका सभासद हुन्।उनले हाल युवाहरूलाई साथमा लिएर सफाई अभियानमा लागी परेका छन्। तिनकै अगुवाईमा आज मिरिक प्राथमिक खण्ड स्वास्थ्य केन्द्रमा पनि सफाई अभियान गयो। सफाई अभियान पछि पत्रकारहरूसँग कुराकानी गर्दै भागोप्रमो थर्बु डुटिन समष्टि युवा शक्ति अध्यक्ष प्रसन राईले भने, आज हामीले सभासद मिलेश राईको नेतृत्वमामा मिरिक बीपीएचसी मा सफाई गर्यो। विशेष गरेर आजको सफाई अभियान अवधि अस्पतालको बिरामी राख्ने वार्डहरू तथा अन्य सबै स्थानहरू सफा गरेको तर अस्पताल वरिपरिको परिसरमा सफाई गर्ने योजना रहे तापनि आज पानी परेकोले गर्दा बाहिर सर-सफाई गर्न नसकेको तिनले जानकारी दिए। आजको सफाई अभियान अवधि सभासद मिलेश राई लगायत वार्ड नम्बर ६ र नन्दलाल गाउँका युवा कार्यकर्ताहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement