४००वटा टोटो जफत

IMG_20220914_172326.jpg

टोटोविरुद्ध सिलगढी मेट्रोपोलिटिन पुलिसको अभियान

सिलगढी: पुजा अघि सिलगढी शहरलाई जाम मुक्त गर्ने उद्देश्य लिएर पुलिसले ई-रिक्शा पकड़ अभियान फेरि शुरू गरेको छ। गत केही समयदेखि पुलिसले यो अभियान बन्द गरेकोले सिलगढीको मुख्य सड़कहरूमा टिन नम्बर तथा नम्बरविहीन टोटोहरूको चलाचल शुरू भएको छ। तर यसपल्ट पुलिसले फेरि टोटोविरुद्ध अभियान शुरू गरेको छ। सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट एउटा निर्देशिका जारी गरेर नम्बरविहीन टोटोको चलाचलमा पूर्ण रूपमा रोक लगाएको छ भने नम्बर भएको टोटोलाई सहरको मुख्य सड़कमा नभएर पकेट गल्लीमा चल्ने छुट दिएको छ। केही दिन सहरको सडकहरूमा नम्बर नभएको टोटोहरूको चलाचल बन्द भएको थियो। तर अचानक फेरि सहरको गल्ली तथा हाईवेमा नम्बर र बिना नम्बर भएको टोटोको संख्या बढेकोले पुलिसले एकपल्ट फेरि टोटोविरुद्ध अभियान शुरू गरेको छ। गत २ दिनको अवधिमा लगभग ४०० भन्दा अधिक नम्बरविहीन तथा नम्बर भएको टोटोलाई पक्रेर पुलिसले कमिश्नरेट मैदानमा जफत गरेर राखेको छ। अर्कोतिर, पुलिसको उक्त धरपकड़ अभियानको विरोध जनाउँदै टोटो मालिक तथा चालकहरूले गत राति पुलिस कमिश्नरेट मैदानअघि भेला भएर रोष प्रकट गर्नको साथै विरोध प्रदर्शन गरे। टोटो चालकहरूको भनाइ अनुसार यदि ती टोटोहरू अवैध छ भने शो रूममा किन टोटोहरू बेचिरहेको छ। यदि आफूहरूले टोटो चलाउन नपाए घर चलाउनको लागि बाध्य भएर गलत काम गर्न पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement