सिलगढी। सिलगढीमा आईपीएल-को नाममा चलिरहेको सट्टा बजारको सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप (एनओजी) ले खुलासा गरेको छ। यस मामिलामा एसओजी-ले सिलगढी पुलिससित संयुक्त अभियान चलाएको थियो। जहाँ सुभाष पल्ली इलाकाको एउटा दोकानबाट चारजना सट्टेबाज (जुवाडे) लाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गौर कुन्डु, शंकर शील, अरिन्दम साहा र विपलब मजूमदार सामेल छन्।

तिनीहरू सबैजना सिलगढीको डाबग्राम, शक्तिगढ, शान्ति नगर इलाका निवासी रहेको बताइएको छ। पक्राउ परेका जुवाडेहरूबाट पुलिसले सातवटा मोबाइल फोन, एउटा नोटबुक र १.६६ लाख रुपियाँ नगद उद्धार गरेको छ। एसओजी-ले आरोपीहरूलाई पक्राउ गरेपछि गैर कानुनी रुपमा सट्टा लगाएको आरोपमा मामिला दर्ता गरेर सिलगढी थानालाई सुम्पिदिएको छ। आज सिलगढी पुलिसले ती चारैजना आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो।










