सिक्किमलाई राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

59674679_1660220402_11dhankhar6

गान्तोक: सिक्किमले यतिबेला आफ्नो स्थापनाको स्वर्ण जयन्ती समारोह भव्यताको साथमा मनाइरहेको छ। यस सुखद अवसरमा देशका प्रतिष्ठित व्यक्तिहरुबाट शुभकामना आउने क्रम जारी छ। यही क्रममा देशका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जयदीप धनकड, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत देशका केन्द्रीय मन्त्रीहरूले सिक्किम सरकारला अनि समस्त राज्यबासीलाई शुभकामना व्यक्त गरेका छन्। उल्लेखनीय छ, वर्ष १९७५ भन्दा अघि सिक्किमलाई एक राष्ट्रको रूपमा मानिने गरिन्थ्यो तर १६ मई १९७५ मा सिक्किम भारतको २२औं राज्यकोरूपमा विसय भएपछि सिक्किम राज्यले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आएको छ। सिक्किम भारतको एक अभिन्न अंग बनेपछि सिक्किम राज्यले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै देशमा उदाहरण प्रस्तु गरेको छ। विशेष गरेर सिक्किम प्राक़ृतिकरूपमा एक सुन्दर राज्य भएको कारण पर्यटनको क्षेत्रमा देशका अन्य राज्यहरू भन्दा धेरै अघि रहेको छ। राष्ट्रपति, उपराष्ट्रपति अनि प्रधानमन्त्रीले सिक्किमले पचास वर्षमा हासिल गरेको उल्लेखनीय उपलव्धीको सराहना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement