गान्तोक: सिक्किम ग्रीन हिल रनर्सको पहलमा आज सिक्किम भारतको एक अभिन्न अंग बनेको ५०औं वर्षागाँठको अवसरमा राजधानी गान्तोकस्थित जिरो पोइन्टदेखि रम्फूसम्म ५० किलोमिटर लामो म्याराथन आयोजन गरियो। यस कार्यक्रम सामाजिक सचेतना र स्वास्थ्य जीवनशैलाई बढावा दिने उद्देश्यले आयोजना गरिएको थियो। गान्तोक निर्वाचन क्षेत्रका विधायक दिले नामग्याल बर्फुङपाले खेलकूद एवं युवा मामिला विभागका अतिरिक्त निर्देशक डा. आरबी विश्वकर्माको उपस्थितिमा झण्डा हल्लाएर प्रस्थान गराएका थिए। यस प्रतियोगितामा कूल ३० जना धावकहरूले सहभागिता जनाएका थिए। कार्यक्रमको थिम टुगेदर वी रन फर सुसाइड, ड्रग्स एण्ड रेप फ्रि सिक्किम रहेको थियो।