गान्तोक: सिक्किम भारतको एक अभिन्न अंग बनेको ५०औं वर्षगाँठ पुरा भएको खुशीयालीमा सिक्किमका अल्ट्रा रनर प्रितम राईले एकल म्याराथन पुरा गरेका छन्। उनले प्रसिद्ध धार्मिक एवं पर्यटन स्थल खेचेपेरी झीलबाट गेजिङ जिल्ला प्रशासनिक केन्द्रसम्म म्याराथन गरेका हुन्। उनले शान्ति र एकताको सन्देश दिँदै दौड पुरा गरे। यस दौडले सिक्किम भारतको एक अभिन्न अंग बनेको ऐतिहासिक क्षणको स्मरण गराउँदै सिक्किम देशको २२औं राज्यकोरूपमा सामेल भएको खुशी साझा गरेका थिए। यस अवसरमा धावक राईले राज्यको अन्य स्थानहरूबाट दौड शुरू नगरेर आध्यात्मिक क्षेत्र खेचेपेरीलाई छनोट गर्दै दौड पुरा गरेका थिए। बौद्ध र हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रकोरूपमा चिनिने खेचेपेरी झीलबाट उनले दौड शुरू गर्दै उनले एकता र शान्तिको सन्देश पनि दिएका थिए। आफ्नो अभियान शुरु गर्न अघि उनले प्रतिकात्मक आशीर्वाद लिएर म्याराथन गरेका थिए। पछि गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आइपुगेपछि धावक राईलाई स्थानीय नागरिकसहित कार्यालयका अधिकारीहरूले स्वागत जनाए।