गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा आज राजधानीको ह्रदयस्थल एमजी मार्गबाट एक भव्य तिरङगा ऱ्याली निकालियो। सिक्किम भारतमा विलय भएको सिक्किम राज्यको ५०औं स्थापना दिवसको अवसरमा आयोजित ऱ्यालीमा सिक्किम सरकारका सम्पूर्ण मन्त्रीगण,विधायकगण, गान्तोक नगर निगमका मेयर, उपमेयर, पार्षदगण, विभिन्न विभागका प्रमुखहर, सरकारी अनि निजी स्कूलका विद्यार्थीवर्ग लगायत आममानिसहरूले पनि सहभागिता जनाएका थिए। विशेष गरेर गत केही दिनअघि भारतले पाकिस्तानविरूद्ध शुरू गरेको अपरेशन सिन्दुर अभियानको सफलता र शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले तिरङगा ऱ्याली आयोजन गरिएको हो। राष्ट्रीय झण्डालाई सामेल गरेर आयोजन गरिएको यस ऱ्यालीको मुख्य उद्देश्य जनतामा राष्ट्रिय गौरव, एकता र जिम्मेवारीको भावना जगाउनु रहेको थियो। सहभागीहरूले देशभक्ति र राष्ट्रिय एकताको नारा लगाउँदै तिरङगा झण्डा हातमा लिएर ऱ्यालीमा उत्साहपूर्वक सहभागिता जनाएका थिए। स्थानीय एमजी मार्गबाट शुरु भएको भव्य ऱ्यालीको समापन पाल्जोर स्टेडियममा पुगेर भएको थियो।