गान्तोक: सिक्किम भारतको एक अंग बनेको पचास औं वर्षगाँठको अवसरमा राज्यपाल ओमप्रकाश माथुरले आज राजभवनमा निर्मित प्रेक्षागृहको उदघाटन गरे। आफ्नो सम्बोधनमा राज्यपालले यस योजना राजभवनको विकासको निम्ति महत्वपूर्ण अंग रहेको बताए। आज उदघाटन गरिएको प्रेक्षागृहमा हुने बैठक र छलफलले प्रशासनिक नीतिलाई मात्र सशक्त नबनाएर समाजको कल्याणको लागि प्रभावकारी निर्णयहरू सृजना हुने राज्यपालले सम्बोधनमा थपे। यस अवसरमा आयुक्त एवं राजभवनका सचिव जितेन्द्र सिंह राजे लगायत राजभवनका अधिकारीहरू र कर्मचारीहरु पनि उपस्थित रहेका थिए।