अभिमन्यु ईश्वरनको कप्तानी ईंग्ल्याण्ड जाने भारत ए टीमको घोषणा

IMG-20250516-WA0210

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले ईंग्ल्याण्ड यात्राको निम्ति भारत ए टीमको घोषणा गऱ्यो। घरेलु क्रिकेटमा असाधारण प्रदर्शन गर्ने ब्याटर करुण नायरलाई टीममा स्थान दिइएको छ। भारत ए टीमले ईंग्ल्याण्ड यात्रामा ईंग्ल्याण्ड लायन्स टीमविरुद्ध दुईवटा चारदिने प्रथम श्रेणीको म्याच खेल्नेछ। अभिमन्यु ईश्वरनलाई भारत ए टीमको कप्तान बनाइएको छ। भारत ए र ईंग्ल्याण्ड लायन्सबीच दुईवटा म्याच केण्टरबरी र नर्थम्प्टनमा खेलिनेछ। यस यात्राको अन्त भारतीय सीनियर टीमविरुद्ध म्याचको साथ हुनेछ। भारत ए र ईंग्ल्याण्ड लायन्सबीच पहिलो म्याच ३० मईदेखि २ जूूनसम्म खेलिनेछ जबकि दोस्रो म्याच ६-देखि ९ जूनसम्म खेलिनेछ। त्यसपछि १३-देखि १६ जूनसम्म इण्ट्रा स्क्वाड (भारत ए र भारतीय सीनियर टीमबीच) म्याच खेलिनेछ। ईंग्ल्याण्ड यात्राको निम्ति विकेटकीपर ब्याटर ध्रुव जुरेललाई उपकप्तान बनाइएको छ। भारत ए टीममा युवा खेलाड़ीहरूका साथमा अनुभवी खेलाड़ीहरू असल मिश्रण छ। ईशान किशन पनि टीममा स्थान बनाउन सफल भएका छन्। उनी टीममा जुरेलको साथमा दोस्रो विकेटकीपिंग विकल्प हुनेछन्। भारतीय चयनकर्ताहरूले शुभमन गिल र साई सुदर्शनलाई पनि टीममा सामेल गरेका छन्, जो दोस्रो म्याच अघि टीममा सामेल हुनेछन्।
ईंग्ल्याण्ड यात्राको निम्ति भारतीय ए टीमः
अभिमन्यु ईश्वरन (कप्तान), यशस्वी जयसवाल, करुण नायर, ध्रुव जुरेल, नीतिश कुमार रेड्डी, शार्दुल ठाकुर, ईशान किशन, मानव सुथार, तनुष कोटियान, मुकेश कुमार, आकाश दीप, हर्षित राणा, अंशुल कम्बोज, खलील अहमद, रुतुराज गायकवाड़, सरफराज खान, तुषार देशपाण्डे, हर्ष दुबे।
(शुभमन गिल र साई सुदर्शन दोस्रो म्याचअघि टीममा सामेल हुनेछन्।)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement