शिक्षक नियुक्तिको मुद्दालाई कसैले पनि राजनीतिकरण नगरिदिने माग‌ गर्दै ३१३ जना शिक्षक शिक्षिकाहरुले बुझाए दार्जिलिङ सदर थानामा ज्ञापन पत्र

IMG-20250516-WA0197

दार्जिलिङ: शिक्षक नियुक्तिको मुद्दालाई कुनै पनि पार्टी वा व्यक्ति विशेषले राजनीतिकरण नगरिदियोस् भन्ने माग गर्दै आज पहाडको विभिन्न स्थानहरुबाट आएका ३१३ जना शिक्षक शिक्षिकाहरूले दार्जिलिङ सदर थानामा ज्ञापन पत्र बुझाएर अपील गरेका छन्। ३१३ जना शिक्षक शिक्षिकाहरुले आज दार्जिलिङ सदर थानामा ज्ञापन बुझाउँदै विद्यालयमा आफूहरुले धेरै लामो समयसम्म सेवा गरेवापत २०१९ मा आफूहरु नियमित शिक्षक हुन सकेको भन्दै त्यसमाथि नदियाका जशिमुद्दिन मण्डल अनि पहाडका १४ जना मानिसहरुले ३१३ जना शिक्षकहरुमाथि मुद्दा लगाएको गुनासो पोख्दै आफूहरु विद्यार्थीलाई पढाउनु विद्यालय जानु कि केश लड्नु कोर्ट जानु भन्दै अब यस विषयमा उचित समाधान गरिदिने सम्बन्धित विभागप्रति अपिल गरेका छन्। यसको साथै यस विषयमा खरसाङको मामरिङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालयका‌ शिक्षक‌ जनार्दन कोइरालाले दार्जिलिङमा पत्रकारहरुलाई सम्बोधन गर्दै भने, हामी दार्जिलिङ पहाडमा शिक्षाको‌ गरिमालाई बढाई राख्नलाई स्वयंसेवक शिक्षकको रुपमा कार्य गर्दै २०१९ मा स्थायी भएको हो तर अहिले आएर हामीमाथि लाञ्छना लगाउने कार्य मात्र भईरहेको छ। हामीमाथि लाञ्छना मात्र होइन तर हामीले शिक्षा‌ा दिएको योगदानको पनि मूल्याङ्कन हुनुपर्छ। विभिन्न राजनितिक नेताहरुले शिक्षकहरुको नोकरी खाने कुरा गर्नुभन्दा पहाडमा एसएससी लागु गराउन पहल गरिदिने निवेदन छ।‌’


उनले अघि भने, हामी सबैजना दार्जिलिङ पहाडमा शिक्षाको‌ गरिमालाई बढाई राख्नलाई स्वयंसेवक शिक्षक शिक्षिकाहरुको रुपमा काम २०१९ मा‌ नियमित बनेका हौं।‌ शिक्षक शिक्षिकाहरुमाथि धेरै लाञ्छना लगाउने कार्य भयो।‌शिक्षक शिक्षिकाहरु कस्ता गरिमामय पदमा रहेका व्यक्तिहरुलाई विभिन्न लाञ्छना लगाउने कार्य भयो। अनि हामीमाथि लाञ्छना लगाउने व्यक्तिहरुमध्ये एकजनालाई केही समय अघि आक्रमण भयो।‌ त्यो आक्रमणको हामी सम्पूर्ण शिक्षक शिक्षिकाहरु घोर विरोध जनाउँदछौँ। त्यो नघटने घटना भयो।‌ तेस्तो घटना नघटनु पर्ने हो।‌ तर उनी हाम्रो केशसित सम्बन्धित व्यक्ति होइनन्। तर जुन घटना घटेको छ त्यो राम्रो भएन।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement