सोनादा: रंगबुल भूतपूर्व सैनिक कल्याण संगठनको २५औं वर्षगाँठ एंव रजत जयन्ती समारोह पालन गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रम अजम्बरी संघ गुराँस डाँड़ा-४६० पुल सार्वजनिक भवनमा आगामी १८ मई २०२५ आईतबारको दिन पालन गरिने भएको छ। उक्त विषयमा पत्रकार सम्मेलन बोलाएर रंगबुल भूतपूर्व सैनिक कल्याण संगठनको तर्फबाट जानकारी गराइएको छ। रंगबुल भूतपूर्व सैनिक कल्याण संगठनको २५औं वर्षगाँठ एंव रजत जयन्ती समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रबीन्द्र लामाले गोर्खा भूतपूर्व सैनिक कल्याण संगठन रंगबुलको स्थापना मई २००० सालमा भएको र यस संगठनले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको बताएका छन्। उनले यस संगठनले यस क्षेत्रमा रहेका भूतपूर्व सैनिकहरु र उनीहरुका परिवार साथै आश्रितहरुलाई लिएर धेरै कल्याणकारी कार्यहरु गर्दै आईरहेको जानकारी गराएका छन्। यसै क्रममा संगठनको २५औं वर्षगाँठ एंव रजत जयन्ती समारोह आगामी १८ मईको दिन पालन गरिने भएकोले सम्पूर्ण भूतपूर्व सैनिक कल्याण संगठनको सदस्यहरूलाई उपस्थिति भईदिने आह्वान् गरेका छन्। उनले यस संगठनलाई शुरुदेखि नै सहयोग गर्ने सबैलाई साथै आमन्त्रित अतिथिहरुलाई उपस्थित भईदिने आह्वान् पनि गरेका छन्।