अब फेसबुकमा मात्र होइन तर सडकमा उत्रेर विरोध जनाउनुपर्छ: सन्त किशोर गुरुङ

IMG-20250516-WA0188

खरसाङ: खरसाङ क्षेत्रका युवा सामाजिक कार्यकर्ता सन्तकिशोर गुरुङले अहिले दार्जिलिङ पहाडमा पुरानो अँध्यारो फर्केर आएको आरोप लगाएका छन्। उनले आज एक भिडियो जारी गर्दै हालैमा दार्जिलिङमा सुदन गुरूङमाथि प्राणघातक हमलालाई उध्दृत गर्दै सत्ताको विरोधमा बोल्नेहरुमाथि सत्ताबाट कुल्चने जस्ता कुराहरु हुने बताउँदै अहिले त्यही पुरानो समय फर्केर आएको र त्यसको भरपाई गर्न नसकिने साथै त्यही पुरानो समय फर्केर आएको आरोप लगाएका छन्। सन्त किशोर गुरुङले अब यस्ता अवस्थाको विरोधमा निस्कनु पर्ने तथा फेसबुकमा मात्र लेख्नु होइन तर सडकमा उत्रेर विरोध जनाउनु पर्ने आह्वान् गर्दै हामी कोही पनि डराउनु हुँदैन तर यस्तो कार्यको विरोधमा एक हुनु पर्ने बताएका छन्‌। सन्तकिशोर गुरुङले अघि भने, हाम्रो विरोध कुनै राजनैतिक पार्टीको विरोधमा र समर्थनमा‌ होइन तर दार्जिलिङ पहाडको लागि उँभिएको हुनुपर्छ। जातिको लागि उँभिएको हुनुपर्छ। दार्जिलिङ पहाडको शान्ति श्रृंखला बनाउने कार्य अब नेताले होइन तर जनताले बुझाउनुपर्ण।’
सन्तकिशोर गुरुङले एक भिडियो जारी गर्दै भनेका छन् – ‘सामाजिक कार्यकर्ताहरुमाथि हमला हुनु नयाँ कुरा होइन। यस्तो हमला अघिल्लो‌ समय पनि भएको नै हो भन्दै अहिले आएर उक्त समय फेरि आएको बताउँदै सत्ताको विरोधमा बोल्ने कुनै पनि सामाजिक कार्यकर्ताहरु, पत्रकार लगायत अन्यहरु पिढीत बनेको छ। पछिल्लो समय यस्तै प्रकारले मदन तामाङ, सीके प्रधान, रुद्र प्रधान, सीबी गुरुङ लगायत अन्यहरुको हत्या भएको थियो। अब फेरि त्यही कुरा फर्केर आएको छ। अब पनि हामी जागरुक भएनौँ भने भोलिको दिनमा कोही कसैको पनि केही पनि हुनसक्छ। तर अब यस्ता कुराको सडकमा उत्रेर विरोध जनाउनु सक्नुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement