माओवादी केन्द्रको मध्य पहाडी लोकमार्ग अभियान शुरु

IMG-20250516-WA0172

बैतडी: नेकपा (माओवादी केन्द्र) को मध्य पहाडी लोकमार्गको अभियान शुक्रबारवाट शुरु गरिने भएको छ। बैतडीको पाटनबाट शुरु गरिने अभियानमा भाग लिनका लागि बिहीवार नै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सुदुरपश्चिम पुगेका छन्।
अध्यक्ष प्रचण्ड सहितका नेताहरू धनगढी, डडेलधुरा हुँदै बैतडी पुगेका हुन्। यसअघि तराई मधेस केन्द्रित हुलाकी राजमार्गको अभियान सकेको माओवादी केन्द्रले जेठ २ वाट मध्य पहाडी लोकमार्गको अभियान शुरु गर्न लागेको हो।
आजदेखि सुरू गरिने मध्य पहाडी लोकमार्ग अभियानको क्रममा बैतडीको पाटन जाँदै गर्दा अध्यक्ष  ‘प्रचण्ड’ सहितको टिमलाई डडेल्धुराको सदरमुकाम अमरगढीमा पार्टीका नेताहरूसहित स्थानीयवासीले स्वागत गरेका थिए। 
सो अवसरमा अध्यक्ष प्रचण्डले अमरगढी चोकमा रहेको अमर शहीद भीमदत्त पन्तको सालिकमा माल्यार्पण पनि गरेका थिए। अध्यक्ष ‘प्रचण्ड’ सहितको मध्यपहाडी लोकमार्गको अभियान टिमले डडेल्धुराको सदरमुकाम अमरगढीमा मोर्निङ वकसमेत गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement