काठमाडौं: आउँदो सेप्टेम्बर २३ देखि विश्वव्यापी रुपमा प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र प्रेम गीत-३ को भारत प्रोमोशन उत्साहजनक भएको छ। ३० अगस्त २०२२ हाम्रो स्वाभिमानको हरितालिका तीजको अवसरमा दिल्लीको तालकटोरा स्टेडीयम हुँदै शुरु भएको प्रोमोशनको दोस्रो सेड्यूलमा दार्जीलिङमा साक्षात्कार गरे। आईसिटी हेरिटेज एजुकेशन सोसाइटी कोलकाताका विद्यार्थीमाझ यूनिटले भेटघाट तथा रमाईलो गर्दै चलचित्र प्रोमोशन गरेको थियो भने दिउँसो स्थानीय सञ्चारकर्मीहरु माझ साक्षात्कार गरेको थियो। पवनदीपका साथ चलचित्रका मुख्य अभिनेता प्रदीप खड्का अभिनेत्री कृष्टीना गुरुङ निर्देशक निर्माता सन्तोष सेनसहित चलचित्रका भारतीय पार्टर सुवास काले र प्रशान्त गुप्तासहित प्रोमोशनमा उत्रिएको प्रेम गीत-३ यूनिटले सोही दिन साँझको कार्यक्रम भने आईटीसी मलमा गर्दा माहोल अझ रोचक देखिएको थियो। पवन यसै फिल्मको एक गीत ‘कोही ना कोही नाता है’बाट संगीतकारका रुपमा डेब्यू गर्दैछन् जसमा जुविन नोटियाल जस्ता बलिउडका बहुचर्चित गायकले आफ्नो आवाज दिएका छन्।
आउँदो सेप्टेम्बर २२ मा मुम्बईमा प्रिमियर सो हुने प्रेम गीतको यूनिट कोलकाता हुँदै गुवाहाटी भएर सिलोङ पुग्दा प्रदीप खड्काको क्रेज अझ धेरै देखियो। साँझको पाहुना बनेर शिलोङ पुगेका प्रदीपले यहाँका दर्शकलाई प्रोजेक्टरमा चलचित्रको ट्रेलर देखाएका थिए भने उता भोलिपल्ट दुर्गा मन्दिर पुगेर थप नेपाली दर्शकहरुलाई भे्टदै चलचित्रको प्रोमोशन जोडतोडले गर्दै दिल्ली पुगे जहाँ सञ्चारकर्मीहरु माझ साक्षात्कार गरिएको थियो र हाम्रो स्वाभिमान ट्रस्ट को महासचिव अनिता छेत्रीसँग चलचित्रको प्रोमोशनको लागि वार्तालाप गरे। गायक अंकित तिवारी, राहत फत्ते अलि खान, पलक मुछाल, देवनेगीजस्ता हस्ती गायक-गायिकाहरुले यस चलचित्रमा आफ्नो स्वर दिएका छन्। जी म्यूजिक कम्पनीले स्याटेलाइट राईट लिँदै यहि हप्ताबाट भारतका अधिकंशकांश श टेलिभिजनहरुमा प्रेम गीत-३ को बलिउडका ए ग्रेडका चलचित्रको जस्तै गरी हुने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन्।








