च्याम्पियन्स लीगः बायर्न र इण्टरले जिते पनि एट्लेटिको र टोटनह्यामको हार

IMG-20220914-WA0134.jpg

१४ सेप्टेम्बरः यूएफा च्याम्पियन्स लीगमा मंगलवार राति बायर्न म्यूनिख, इण्टर मिलान र लिभरपूलले आ-आफ्नो म्याच जित्यो। यसरी नै एट्लेटिको म्याड्रिड र टोटह्याम हट्स्पर चाहिँ हारको सम्मुखीन भयो। जर्मनीको क्लब बायर्नले आफ्नो होम ग्राउण्ड आलियाञ्ज एरेनामा खेल्दै ग्रुप सी-को म्याचमा शक्तिशाली एफसी बार्सिलोनालाई २-०-ले पराजित गऱ्यो।

म्याचमा दुई टीमबीच रोमाञ्चक प्रतिस्पर्धा भए पनि बायर्नले केवल ४ मिनटको अन्तरमा दुई गोल गरी म्याच जित्यो। यसरी बायर्न छोड़ेर बार्सिलोनामा आउने स्टार स्ट्राईकर रोबर्ट लेवाण्डोस्कीको निम्ति चाहिँ यो म्याच यादगार रहेन। म्याचमा ४६ प्रतिशत पोजेशनको साथ खेल्ने बायर्नबाट लुकास हर्नाण्डेजले ५०औं र लेरोय सानेले ५४औं मिनटमा गोल गरे। म्याचमा बार्सिलोनाले पनि गोल गर्ने मौकाहरू बनाएको थियो तर उनीहरूले त्यसलाई विपक्षी नेटमा हाल्न सकेनन्।

यस जीतको साथै बायर्न २ वटा म्याचमा ६ पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा पुग्यो। यसै ग्रुपको अन्य एउटा म्याचमा इटलीको क्लब इण्टर मिलानले चेक गणराज्यको टीम भिक्टोरिया प्लजेनलाई २-०-ले पराजित गऱ्यो। डूसान एरेनामा ७२ प्रतिशत पोजेशनको साथ खेल्ने इण्टरबाट एडिन जेकोले २०औं र डेञ्जेल डम्फ्रिसले ७०औं मिनटमा गोल गरे। म्याचमा भिक्टोरियाका फूटबलर पावेल बुचालाई ६१औं मिनटमा रातो कार्ड देखाइयो। यस म्याचपछि इण्टर मिलान र बार्सिलोनाको २-२ वटा म्याचमा ३-३ पोइण्ट पुग्यो तर गोल अन्तरको आधारमा चाहिँ इटलीको क्लब दोस्रो स्थानमा रहन पुग्यो।

यसरी नै ग्रुप ए-मा लिभरपूलले अयाक्स विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलबाट मोहम्मद सलाहले १७औं र जोएल माटिपले ८९औं मिनटमा गोल गरे। यसरी नै पोर्तुगलको क्लबबाट मोहामेद कुडुसले २७औं मिनटमा गोल गरे। यस जीतपछि लिभरपूल ३ पोइण्टको साथ गोल अन्तरको आधारमा नापोलीपछि ग्रुपको दोस्रो स्थानमा रहन पुग्यो। अयाक्ससँग पनि ३ पोइण्ट नै रहेको छ। ग्रुप डी-मा चाहिँ पोर्तुगीच क्लब स्पोर्टिंग (स्पोर्टिंग क्लब डे पोर्तुगल)-ले प्रीमियर लीगको क्लब टोटनह्यामलाई २-०-ले पराजित गऱ्यो। म्याचमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने स्पोर्टिंगबाट पाउलिन्होले ९०औं अनि अर्थुरले स्टपेज टाइमको तेस्रो मिनटमा गोल गरे। यसै ग्रुपको अन्य एउटा म्याचमा एण्ट्राक्ट फ्रेंकफर्टले फ्रान्सीसी क्लब मार्सेलीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल जेस्पर लिण्डस्ट्रोमले ४३औं मिनटमा छिराए। ग्रुप डी-मा अहिले स्पोर्टिंग ६ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। त्यसपछि गोल अन्तरको आधारमा टोटनह्याम (३ पोइण्ट) दोस्रो स्थानमा रहेको छ।

यसरी नै ग्रुप बी-मा बायेर लेवरकुसेनले स्पेनिश क्लब एट्लेटिको म्याड्रिड विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। म्याचमा जर्मन क्लबबाट रोबर्ट एण्ड्रिचले ८४औं र मौसा डिएबीले ८७औं मिनटमा गोल गरे। यस ग्रुपको अन्य एउटा म्याचमा क्लब ब्रूगेले एफसी पोर्तोलाई ४-०-ले पिट्यो। ग्रुप बी-मा बेल्जियमको टीम क्लब ब्रूगे ६ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसबाहेक लेवरकुसेन गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement