राज्य स्थापनाको ५०औं वर्षगॉंठ मनाउन मुख्यमन्त्रीले सबैलाई स्वागत जनाए

IMG-20240924-WA0304

गान्तोक: १६ मई, २०२५ मा सिक्किम राज्यकाे ५०औं स्थापनाको वर्षगॉंठ मनाउन मुख्यमन्त्री प्रेमसिंह तामाङले सबैलाई हार्दिक स्वागत गरेका छन्।
मुख्यमन्त्रीले यो महत्वपूर्ण अवसर बिहान ८ बजीदेखि एमजी मार्गमा ‘तिरंगा यात्रा’ बाट शुरु हुने जानकारी गराएका छन्। ‘तिरंगा यात्रा’ ‘अपरेशन सिन्दूर’को सफलताको सम्झनामा देशका बहादुर सिपाहीहरूलाई सम्मान र हाम्रो एकता र देशभक्तिको भावनाको उत्सव रहेको उनले बताएका छन्।
उनले तिरंगा यात्रापछि सबैलाई समृद्ध सांस्कृतिक सम्पदा र विविधताको प्रतीकको रूपमा आफ्नो जीवन्त परम्परागत पोशाकमा सजिएर पाल्जोर स्टेडियममा भेला हुन हार्दिक निमन्त्रणा गरेका छन्। मुख्यमन्त्रीले हाम्रो यात्रा, हाम्रो पहिचान र हाम्रो साझा भविष्यको सम्मान गर्न एकजुट बनौं भनी सामाजिक सञ्जालमा जारी सन्देशमा आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement