गान्तोक: सिक्किम भारतमा विलय भएको ५०औं वर्षगाँठ महोत्सवको अवसरमा सिक्किम सरकारको पञ्चायतीराज प्रशासनको पहलमा गान्तोक नगर निगम कार्यालय परिसरमा सरसफाई साथै बिरूवारोपन गरियो। कार्यक्रममा सहकारी विभागीय मन्त्री अरूण उप्रेतीले पनि सहभागिता जनाएका थिए। कार्यक्रमको प्रशंसा गर्दै मन्त्री उप्रेतीले यस प्रकारको कार्यक्रमले पर्यावरणमैत्री योजनालाई संरक्षण साथै बढावा दिने बताए। कार्यक्रममा ग्रामीण प्रबन्धन विकास विभागका सचिव दुष्यन्त परियार, अतिरिक्त निर्देशक लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। पञ्चायती राज संस्थाको अधिनस्थ १९९ ग्राम पञ्चायत यूनिट र जिल्ला पञ्चायतले स्वर्ण जयन्तीको अवसरमा यस प्रकारको कार्यक्रम आयोजना गरिरहेका छन्।