गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं बर्षगाँठ महोत्सवको अवसरमा सिङताम नगर पञ्चायत तथा सिङताम पुलिसको संयुक्त तत्वावधानमा आज सिङताम बजारमा नशालु पदार्थ दुर्व्यसनी तथा सेवनविरुद्ध एक सचेतना ऱ्याली निकालियो। यस अवसरमा सिङताम खाम्दोङ निर्वाचन समष्टिका विधायक तथा सिक्किम सरकारका सडक एवं पुल विभागका मन्त्री एनबी दाहाल मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसैगरी सिङताम नगर पञ्चायत अध्यक्ष सुरेश कुमार तामाङ, उपाध्याक्ष विन्ध्या सुब्बा, पार्षद यादकुमारी कामी, किशोर छेत्री र मुकेश अग्रवाल,आरओ, तिलहाङ लिम्बू, सिङताम थानाका प्रभारी एसबी मगर, विभिन्न विध्यालयका विध्यार्थीहरू लगायत अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। ऱ्यालीमा ड्र्ग्सको रोकथाम र नियन्त्रण विषयमा लेखिएका विभिन्न सचेतनामुलक प्लेकार्डका साथ एक ऱ्याली आयोजना गरिएको थियो। ऱ्यालीले सिङताम बजार परिक्रमा गरेको थियो। आफ्नो सम्बोधनमा मन्त्री एनबी दाहालले सिङताम नगर पञ्चायत एवं सिङताम थानाको पहलमा आयोजना गरिएको यस प्रकारको सचेतनामुलक कार्यक्रमले नशालु पदार्थको दुरुपयोग र नियन्त्रणमा धेरै सहयोग पुग्ने मन्त्व्य व्यक्त गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा वर्तमान एसकेएम सरकारले नशालु पदार्थ दुर्व्यसनीलाई जरैबाट उखेल्न चालेका विभिन्न पहलहरूको उल्लेख गरे। सिङतामलाई ड्र्ग्समुक्त बनाउने विभिन्न गतिविधिहरूबारे पनि उनले जानकारी गराए। यसैगरी सिङताम नगर पञ्चायत अध्यक्ष सुरेशकुमार तामाङले ड्ग्स बेचबिखनमा लिप्त रहेका परिवारहरूले नशालु पदार्थको व्यापार बन्द गरेर अन्य व्यावसाय गर्न चाहेमा ५० हजार रूपियाँको सहयोग लगायत लाईसेन्स पनि उपलब्ध गराउने नगर पञ्चायतले निर्णय लिएको अध्यक्ष तामाङले जानकारी गराएका छन्। यो कार्यक्रमको सफल कार्यन्वयनमा सिङताम सडक तथा पुल विभाग, सिङताम जिल्ला अस्पताल, सिङताम खाध्य तथा नागरिक आपुर्ति विभाग, साई समिति, चालक संघ, हकर्स संघ, बिहारी जागरण मञ्च र पूर्व पार्षदगण आदि सहभागी थिए।