रे-भ्याल्ली इण्टरनेश्नल स्कूलमा परम्परागत दिवस पालन

IMG-20250515-WA0278

गान्तोक: रे-भ्याल्ली इन्टरनेश्नल स्कूलले आज एक भव्य कार्यक्रमबीच परम्परागत दिवस पालन गऱ्यो। विद्यार्थीहरुलाई पारम्परिक खाद्य एवं भेषभूषाबारे साक्षर गराउने लक्ष्य राखेर स्कूलले आफ्नो वार्षिक क्यालेण्डरअन्तर्गत यस प्रकारको कार्यक्रम आयोजन गर्दै आएको छ। एसपीईसीटी सेटलर ट्रष्टका अध्यक्ष जयश्री प्रधान र सेटलर पीके प्रधानको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमको मुख्य आकर्षण पारम्परिक खाद्य प्रदर्शनी रहेको थियो। जसमा विद्यार्थीहरुले पारम्परिक खानपानबारे उपस्थित अतिथिहरु, अभिभावकहरु र शिक्षकहरुलाई जानकारी गराए। कार्यक्रमको अर्को आकर्षण विद्यार्थीहरुद्वारा गरिएको भेषभूषा प्रदर्शनी रहेको थियो। यसबीच विद्यार्थीहरु र शिक्षकहरुले विभिन्न जातीय सांस्कृतिक प्रस्तुति पनि दिएका थिए। कार्यक्रमका विशेष अतिथिद्वय पीके प्रधान र जयश्री प्रधानले विद्यार्थीहरु साथै शिक्षकहरुलाई जातीय परम्पराप्रति सधैँ जागरुक बन्ने प्रोत्साहित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement