गान्तोक जिल्ला पञ्चायतद्वारा राज्य स्थापना दिवस पालन

IMG-20250515-WA0277

गान्तोक: सिक्किम भारतको एक अभिन्न अंग बनेको ५०औं वर्षगाँठको अवसरमा आज गान्तोक जिल्ला पञ्चायतको पहलमा सिच्छेस्थित जिल्ला पञ्चायत भवनमा एक कार्यक्रम आयोजना गरियो। यस कार्यक्रममा गान्तोक जिल्लाका जिल्ला पञ्चायत अध्यक्ष बलाराम अधिकारी मुख्य अतिथिकोरूपमा उपस्थित थिए। साथमा जिल्ला पञ्चायत उपाध्यक्ष देवीमाया प्रधान विशिष्ट अतिथिकोरूपमा सामेल थिइन्। उक्त कार्यक्रममा गान्तोक जिल्लाअन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरु साथै जिल्ला पञ्चायतका अधिकारीहरूले पारम्पारिक नृत्य प्रदर्शन गरेका थिए। कार्यक्रमको मुख्य आकर्षण वाकपटुता अनि हाजिरी जवाफ प्रतियोगिता रहेको थियो। जसमा जिल्लाका चार वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरूले अंशग्रहण गरेका थिए। यसअन्तर्गत पीएमश्री वरिष्ठ माध्यमिक विद्यालय साम्दोङ, रानीपुल पीएमश्री वृहस्पति वरिष्ठ माध्यमिक विद्यालय, खाम्दोङ वरिष्ठ माध्यमिक विद्यालय र माखा वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। आजको प्रतियोगितामा साम्दोङ वरिष्ठ माध्यमिक विद्यालयले प्रथम स्थान ओगटन सफल बन्यो भने रानीपुल वरिष्ठ विद्यालय दोस्रो स्थानमा आउन सफल भयो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष बलाराम अधिकारीले ५०औं राज्य स्थापना दिवसको महत्वमाथि प्रकाश पार्दै १६ मई १९७५ मा सिक्किम भारतमा विलय भएदेखि राज्यले उल्लेखनीय प्रगति र उपलब्धि हासिल गरेको बताए। उनले राज्यव्यापी उत्सव आयोजनका लागि राज्य सरकारको प्रशंसा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement