चट्याङ्गले किसानको मृत्यु, पत्नी र छोरी घाइते

Chhetriya-Samachar-2

धुपगुड़ी: धुपगुड़ीमा चट्याङ्गको चपेटमा परी एकजना प्रभात राय (४२) नामकाे किसानको मृत्यु भयएकाे छ भनेे उनकी पत्नी र छोरी पनि गम्भीर रूपमा घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार धुपगुड़ी ब्लकको मैनाटोली क्षेत्र निवासी प्रभात रायले भिण्डीको खेती गरेका थिए। प्रभातले आफ्नी पत्नी र छोरी सहित बिहीवार बिहान खेतमा भिण्डी टिपिरहेका थिए। यसैबेला उनीहरू चट्याङ्गको चपेटमा परेर गम्भीर रूपमा घाइते भए। यो दृश्य देखेर स्थानीय मानिसहरूले तुरून्त तीनैजनालाई उद्धार गरी धुपगुड़ी महकुमा अस्पतालमा पुऱ्याए जहाँ ड्यूटीमा तैनाथ चिकित्सकहरूले प्रभात रायलाई मृत घोषित गरिदिए भने प्रभातकी पत्नी बसन्ती रायको अवस्था गम्भीर रहेको कारणले उनलाई जलपाईगुड़ी स्थानान्तरण गरिएको छ। बिहीवार बिहान ७ बजे भएको यस घटनाबाट क्षेत्रमा शोक व्याप्त भएको छ। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement