रोहित र कोहलीको सन्न्यासले भारतीय टेस्ट टीमलाई नोक्सान

IMG-20250515-WA0241

नयाँ दिल्ली: भारतीय क्रिकेट टीम आउँदो महिना ५ वटा टेस्ट म्याचको सीरीजमा हिस्सा लिन ईंग्ल्याण्ड यात्रामा जानेछ। २० जूनदेखि शुरु हुने यस सीरीजको साथ भारतीय टीमले नयाँ वर्ल्ड टेस्ट च्याम्पियनशीप चक्रको पनि शुरुवात गर्नेछ। यस महत्त्वपूर्ण सीरीज अघि भारतीय टीमलाई १० दिनभित्र दुईवटा झट्का लागेको छ। टेस्ट टीमका नियमित कप्तान रोहित शर्माले ७ मई र दिग्गज ब्याटर विराट कोहलीले १२ मईमा टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। यी दुईजनाले ईंग्ल्याण्ड यात्राको ठीक अघि सन्न्यास लिँदा टीम इण्डियालाई ठूलो झट्का लागेको छ। कोहली यस यात्रामा जाने तय मानिएको थियो तर उनले आफ्नो फसेलाद्वारा बीसीसीआई र भारतीय प्रशंसकहरूलाई चकित बनाएका छन्। रोहित शर्मा र विराट कोहलीले ईंग्ल्याण्डमा धेरै रन बनाएका छन् अनि यी दुईजनाको सन्न्यास भारतको निम्ति घातक साबित हुनसक्छ। साल २०१८-देखि ईंग्ल्याण्ड यात्रामा टेस्ट क्रिकेटमा केवल दुईजना भारतीयले ४० भन्दा अधिकको औसतले रन बनाएका छन्। यी दुईजना ब्याटर नै रोहित र कोहली हुन्।
साल २०१८ पछि अहिलेसम्म ईंग्ल्याण्डमा टेस्ट क्रिकेटमा कोहलीले भारतीय ब्याटरहरूमा सर्वाधिक रन बनाएका छन्। यस अवधि उनले २३ वटा ईनिंग्समा ४१.८२-को औसतले ९६२ रन बनाएका छन्। यसमा २ वटा शतक र ५ वटा अर्द्धशतक सामेल छ। यसरी रोहितले यस अवधि ईंग्ल्याण्डमा १३ वटा ईनिंग्स खेलेर ४४.५४-को औसतले ४९० रन बनाएका छन्। यसमा एउटा शतक र २ वटा अर्द्धशतक सामेल छ। उनी ईंग्ल्याण्डको माटोमा साल २०१८-देखि सर्वाधिक रन बनाउने भारतीयहरूका सूचीमा छैटौं स्थानमा छन्। हिटम्यानभन्दा अधिक अनि कोहलीभन्दा कम्ती रन बनाउनेहरूमा चेतेश्वर पुजारा, केएल राहुल, अजिंक्य रहाणे र रिषभ पन्त सामेल छन्।
सूचीमा छन् यी ब्याटरहरूः
पुजाराले साल २०१८ पछि अहिलेसम्म ईंग्ल्याण्डमा २२ वटा ईनिंग्समा ३२.४०-को औसतले ६४८ रन बनाएका छन्। यसमा एउटा शतक र ४ वटा अर्द्धशतक सामेल छ। यसरी राहुलले यस अवधि १८ वटा ईनिंग्समा ३४.११-को औसतले ६१४ रन बनाएका छन्। यसमा २ वटा शतक र एउटा अर्द्धशतक सामेल छ। रहाणेले २१ वटा ईनिंग्समा २६.९०-को औसतले ५६५ रन बनाएका छन्। यसमा ४ वटा अर्द्धशतक सामेल छ। यसरी पन्तले १७ वटा ईनिंग्समा ३२.७०-को औसतले ५५६ रन बनाएका छन्। यसमा २ वटा शतक र २ वटा अर्द्धशतक सामेल छ। हिटम्यानपछि सातौं स्थानमा रविन्द्र जडेजा छन्। जडेजाले यस अवधि १५ वटा ईनिंग्समा ३३.२१-को औसतले ४६५ रन बनाएका छन्। यसमा एउटा शतक र २ वटा अर्द्धशतक सामेल छ। यसरी ईंग्ल्याण्ड जस्ता महत्त्वपूर्ण सीरीज अघि रोहित र कोहलीको सन्न्यासले भारतीय टीमको तयारीहरूलाई ठूलो आघात पुगेको छ। यस साल एउटा युवा भारतीय टीमलाई ईंग्ल्याण्डमा खेलिरहेको देखिनेछ। ईंग्ल्याण्ड यात्राको निम्ति शुभमन गिललाई कप्तान बनाउने सम्भावना छ। यस्तो भए रिषभ पन्त उपकप्तान हुन सक्छन्। रोहित र कोहलीको स्थानमा कुन खेलाड़ीलाई टीममा सामेल गरिनेछ भन्ने त समयले नै बताउनेछ तर यी दुईजनाको कमी अनुभव हुने चाहिँ तय छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement