तिरंगा मार्चमा परम्परागत पोशाक लगाएर आइदिन अनुरोध

english-sentinelassam_import_h-upload_2023_05_23_458746-396205-sikkim-govt

गान्तोक: भारतीय सेनाका बहादुर सैनिकहरूको सम्मानमा र आतङ्कवाद विरुद्ध चलाइएको ‘अपरेशन सिन्दूर’ को सफलताको खुशी भोलि, शुक्रवार आयोजना गरिने तिरंगा यात्रामा आआफ्नो परम्परागत पोशाक लगाएर आइदिन अनुरोध गरिएको छ। सिक्किम सरकारको गृह विभागले आज जारी एक परिपत्रमा यस्तो अनुरोध गरेको छ।
राज्यका मुख्य सचिव आर. तेलाङले जारी गरेको परिपत्रमा गान्तोकमा कार्यरत अधिकारीहरू र कर्मचारीहरूलाई शुक्रवार बिहान ८ बजे राजधानीको एमजी मार्गमा आफ्नो परम्परागत पोशाकमा तिरंगा मार्चको निम्ति भेला भइदिन अनुरोध गरिएको छ। परिपत्रमा मुख्यमन्त्री प्रेमसिंह तामाङले एमजी मार्गबाट तिरंगा मार्चको अगुवाई गर्ने र पाल्जोर स्टेडियममा पुगेर समाप्त हुने जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement