खरसाङ: अनुवादक तथा बाल साहित्य अकादमी पुरस्कार प्रापक दिवंगत साहित्यकार शिशुपाल शर्माद्वारा सङ्कलित अनि अनूदित लेखहरूको संगालो “लोकको गरौँ हित भनी”-को विधिवत् विमोचन खरसाङको डुमाराम बस्तीस्थित माँ अम्बा देवी मन्दिर परिसरमा गरियो। यस कार्यक्रममा मुख्य अतिथिको रूपमा निम्न डुमाराम बस्ती निवासी साहित्यकार अरूण लामा थिए भने विशिष्ट अतिथिहरूमा विष्णुमाया शर्मा फाउण्डेशनका संस्थापक चन्द्र शर्मा, साहित्यकार शिशुपाल शर्माकी पत्नी पुष्पा शर्मा, छोराहरू नन्दन शर्मा अनि गुञ्जन शर्मा, बुहारीहरू तथा नानीहरू तथा स्थानीय छर-छिमेकीहरूको विशेष उपस्थिति रहेको थियो। नन्दन शर्माद्वारा सञ्चालित कार्यक्रममा मुख्य एवम् प्रमुख अतिथिहरूको बाहुलीबाट स्वार्गीय शिशुपाल शर्माको तस्वीरमा धूप-दीप प्रज्वलन एवम् माल्यार्पण गरियो।

यसै अवसरमा छोरा नन्दन शर्माद्वारा उनका पिताको संक्षिप्त परिचय राखे भने मुख्य अतिथि अरूण लामाले साहित्यकार शिशुपाल शर्माले नेपाली भाषा अनि साहित्यप्रति पुऱ्याएको योगदान अतुलनीय रहेको जनाए औ उनको मृत्युपछि पनि परिवारजनले यसरी कृति प्रकाशित गरिदिएकोमा परिवारप्रति कृतज्ञता प्रकट गरे।