डीएसके र बागडोग्रा इलेभेन क्वार्टर फाइनलमा

photocollage_2025515192913660

रोहिनी: रोहिनी भेटरन्सको तत्त्वावधानमा आयोजित फोर्टी प्लस भेटरन फूटबल टुर्नामेण्टमा बुधवार दुईवटा म्याच खेलियो। रोहिनी लेक मा खेलिएको पहिलो म्याचमा डीएसके ले १/३ गोर्खा राइफल्स (जीआर) विरुद्ध ३-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट नर्बु लामाले २ र जिग्मी भूटियाले १ गोल गरे। यसरी १/३ गोर्खा राइफल्स (जीआर) को तर्फबाट सन्दीप थापाले १ गोल गरे। यसरी दोस्रो म्याचमा बागडोग्रा इलेभेनले नयाँ कमान भेटरन्सविरुद्ध पेनल्टी शूटआउटमा ४-३-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस सेवेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २५ मईमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement