खरसाङको सिंगेल चियाबारी अन्तर्गत कफीबारी गोदामधुरा क्षेत्रमा आगलागी पाँचवटा घर जलेर नष्ट

IMG-20250515-WA0213

खरसाङ: खरसाङको सिंगेल चियाबगान अन्तर्गत कफीबारी गोदामधुरा क्षेत्रमा आगलागी भएर पाँचवटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ जानकारी प्राप्त भएको छ। उक्त आगलागी आज बिहान लगभग ९:३० बजीतिर अचानक आगलागी भएको बताइएको छ।
यस आगलागीमा घरभित्र रहेका अधिकांश सामग्रीहरू जलेर नष्ट भएको बताइएको छ।स्थानीयहरू अनुसार आगलागी यति तीव्र थियो कि घरभित्र रहेका सर सामानहरु निकाल्न पनि समय नै नमिलेको बताइएको छ। घटनाको जानकारी पाउनसाथ पञ्चायत प्रधान सहदेव तामाङ, क्षेत्रीय सभासद नुरी शेर्पा, स्थानीय पुलिस थाना र पञ्चायत समितिका सदस्यहरू घटनास्थलमा पुगेका थिए।यसको साथै जीटीएका प्रमुख कार्यपाल अनित थापा स्वयं पनि घटनास्थलमा पुगेका थिए। अनित थापाले पीडित परिवारहरूलाई चाँढै नयाँ घर बनाइदिने र जीटीएबाट उपलब्ध राहत तथा क्षतिपूर्ति सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसको साथै पञ्चायत र पञ्चायत समितिकाे तर्फबाट पनि पीढीत परिवारहरूलाई आवश्यक सरकारी सहयोग दिलाउने आश्वासन दिइएको छ। क्षेत्रीय सभासद नुरी शेर्पाले जीटीएसँग समन्वय गरी थप सहयोग दिलाउने बताएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement