कोशीस्तरीय सुरक्षा गोष्ठी

IMG-20250515-WA0178

तस्करी नियन्त्रणका लागि गृहमन्त्रीको ३० दिने अल्टिमेटम

विराटनगर: गृहमन्त्री रमेश लेखकले खुला सीमानाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि सुरक्षा निकायलाई ३० दिनको कडा निर्देशन दिएका छन्। विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले औपचारिक आयात विस्थापित गर्ने गरी भइरहेको तस्करीले अर्थतन्त्रमा गम्भीर असर पारेको भन्दै तत्काल नियन्त्रणमा ल्याउन निर्देशन दिएका हुन्।
“तस्करी अपराध बढाउने, राजस्व घटाउने र कानुनी शासनमा अवरोध सिर्जना गर्ने तत्व हो। यसलाई अब सहन सकिँदैन। ३० दिनभित्र नियन्त्रण नभए गृह मन्त्रालय कडा कदम चाल्नेछ,” मन्त्री लेखकले चेतावनी दिए।
गोष्ठीमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित कोशी प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो।
गृहमन्त्री लेखकले सुरक्षाजन्य नयाँ चुनौतीहरूलाई सम्बोधन गर्न सबै संयन्त्रलाई गम्भीर हुन आग्रह गरे। लागुऔषध दुव्र्यसन, सवारी दुर्घटना र आत्महत्याका घटनाहरू न्यूनीकरणमा सुरक्षाj संयन्त्रको विशेष भूमिका रहने उनको भनाइ थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement