सऊदी अरबको क्लबमा जान सक्छन् रोनाल्डो, १९५७ करोड़ रुपियाँ फीस

IMG-20220914-WA0122.jpg

१४ सेप्टेम्बरः म्यानचेष्टर युनाइटेडसँग क्रिस्टियानो रोनाल्डोको यात्रा चाँड़ै समाप्त हुनसक्छ। पोर्तुगलका ३७ वर्षीय यस दिग्गज फूटबलरले अगावै च्याम्पियन्स लीग खेल्ने इच्छा व्यक्त गरेका थिए तर उनको वर्तमान क्लबको प्रदर्शन त्यति खास रहेको छैन। प्रीमियर लीगको गत सीजनमा निराशाजनक प्रदर्शनले गर्दा म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लीगको निम्ति क्वालीफाई गर्न सकेन। अब रोनाल्डो युनाइटेडको मोह त्यागेर सऊदी अरबको क्लबमा सामेल हुन सक्छन्। उनलाई सऊदी अरबको क्लबबाट १९५७ करोड़ रुपियाँको प्रस्ताव पनि प्राप्त भएको छ। पाँचपल्टका बेलोन डीओर विजेता फूटबलरले अगावै क्लब बद्लिने इच्छा व्यक्त गरेका थिए तर यूरोपका कुनै पनि शीर्ष क्लबबाट उनलाई ठूलो प्रस्ताव प्राप्त भएन। चेल्सी, बायर्न म्यूनिख, पेरिस सेण्ट जर्मेन र एट्लेटिको म्याड्रिडसँग हालै बन्द भएको ट्रान्सफर विण्डोको माध्यमले रोनाल्डोलाई आफ्नो टीममा सामेल गर्ने मौका थियो तर अन्तमा कुनै पनि टीमले कदम बढ़ाएन।
रोनाल्डोले यसअघि पनि सऊदी अरबको एउटा क्लबको प्रस्तावलाई अस्वीकार गरेका थिए। त्यस समय उनलाई हरेक हप्ता दुई मिलियन यूरो (लगभग १८.५ करोड़ रुपियाँ) गरेर वेतनको प्रस्ताव दिइएको थियो। रोनाल्डोको वर्तमान क्लब म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लीगमा सामेल नहुनको साथै प्रीमियर लीगमा पनि खराब फर्मसँग जुझिरहेको छ। यसैकारण रोनाल्डोले म्यानचेष्टर युनाइटेडसँग दूरी बनाउन शुरु गरेका छन्। यस्तो स्थितिमा उनले सऊदी अरबको क्लबको प्रस्तावलाई स्वीकार पनि गर्न सक्छन्, जसमा उनलाई हरेक साल १९५७ करोड़ रुपियाँ (२११ मिलियन यूरो) गरेर प्राप्त हुनेछ। ३७ वर्षीय रोनाल्डोको करियरमा अब धेर साल बाँचेको छैन। यस्तो स्थितिमा सऊदी अरबको क्लबबाट हासिल हुने मोटो वेतनले उनलाई आकर्षित गर्न सक्छ। सऊदी अरब फूटबल फेडरेशनका अध्यक्ष यसीर अल मिसेहलले भनेका छन्, रोनाल्डो जस्ता स्तरीय खेलाड़ी हाम्रो देशमा खेल्न आए त्यो हाम्रो निम्ति ठूलो खुशीको कुरा हुनेछ। हामी उनलाई स्वागत गर्न तयार छौं। यसरी रोनाल्डोको निम्ति सऊदी अरबको क्लबको प्रस्ताव अहिले पनि खुल्ला छ। अब खेलाड़ीहरूका ट्रान्सफर विण्डो आउँदो साल जनवरीमा खोलिनेछ। त्यस समय म्यानचेष्टर युनाइटेडले रोनाल्डोलाई क्लब छोड़्नदेखि नरोक्ने सम्भावना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement