म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा रियल म्याड्रिडले रोमाञ्चक जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले शुरुमै गोल खाए पनि मालोर्काविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। केही दिन अघि एल क्लासिको-मा हारको निराशालाई भुलेर रियलले मालोर्काविरुद्ध असल प्रदर्शन गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ७२ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडले शुरुमै गोल खायो। मार्टिन वालजेण्टले ११औं मिनटमा मालोर्कालाई बढ़त दिलाए। मालोर्काले एक गोलको बढ़तलाई मध्यान्तरसम्म कायम राख्यो। दोस्रो हाफको खेलमा चाहिँ रियलले चाँड़ै बराबरी हासिल गऱ्यो। कीलियन एम्बाप्पेले ६८औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि डिफेण्डर जाकोबो रामोनले इञ्ज्युरी टाइमको पाँचौं मिनटमा गोल गरी रियल म्याड्रिडलाई रोमाञ्चक जीत दिलाए। यस जीतपछि रियल म्याड्रिड ३६ वटा म्याचमा ७८ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी भिल्लारियलले लीगानीसविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ३८ प्रतिशत पोजेशनको साथ खेल्ने भिल्लारियलबाट अयोजे पेरेजले २३औं र ३१औं मिनटमा २ गोल गरे। यसरी निकोलस पेपेले ४५औं मिनटमा गोल गरे। यस जीतपछि भिल्लारियल ६४ पोइण्ट्सको साथ पाँचौं स्थानमा कायम रह्यो। अन्य म्याचहरूमा अलावेसले भेलेन्सियालाई, सेविलेले लास पाल्मसलाई, सेल्टा विगोले रियल सोसिएदादलाई अनि जिरोनाले भाल्लाडोलिडलाई १-०-को समान अन्तरले पराजित गऱ्यो।