१४ सेप्टेम्बरः सरस्वती हायर सेकेण्डरी स्कूल, मंगपूको कौस्तुब जयन्तीको अवसरमा आयोजित जिल्ला स्तरीय अन्तरविद्यालय फूटबल प्रतियोगितामा फाइनलमा पुग्यो। मंगलवार मंगपू जनमैदानमा भएको पहिलो म्याचमा सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल, दार्जीलिङ र जनपीठ हायर सेकेण्डरी स्कूल, मंगपूबीच भिड़न्त भयो। यस म्याचमा सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल १-०-ले विजयी भयो। विजेता टीमका छितेन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो म्याचमा आयोजक सरस्वती हायर सेकेण्डरी स्कूलले लामाहट्टा हायर सेकेण्डरी स्कूललाई १-०-ले नै पराजित गऱ्यो। विजेता टीमका सुगम राईलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजक स्कूलका पूर्व छात्र बिदुर कार्कीको अध्यक्षतामा सम्पन्न दोस्रो दिनको खेलमा दुईवटा म्याचमा प्लेयर अव् द म्याचको चयन दिलीप गुरुङ र केबी गिरीले गरे। अब बुधवार खेलिने म्याचमा शारदा हाई स्कूल, मंगपू र आरकेएसपी दार्जीलिङबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल १८ सेप्टेम्बरमा हुनेछ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




