गान्तोक: सिक्किम राज्य भारतको एक अभिन्न अंग बनेको ५औं वर्षगाँठ महोत्सवको अवसरमा मंगन जिल्लाको चुङथाङस्थित ग्राम पञ्चायत केन्द्रमा एक विशेष ग्रामसभा सम्पन्न भयो। आज सम्पन्न भएको ग्रामसभामा विशेष गरेर ग्राम पञ्चायतमा देखापरेको विभिन्न समस्यामाथि छलफल गरियो। यस अवसरमा पञ्चायत अध्यक्ष, जीपीयूका सदस्यगण, अतिरिक्ति जिल्लापाल (विकास) हेम सागर काफ्ले, तासा त्याङ्गे सरकारी वरिष्ठ विद्यालयका शिक्षकगण, विद्यार्थीवर्ग लगायत अन्यहरू उपस्थित थिए।