गान्तोक: राज्यमा पर्यटन क्षेत्रलाई बढावा दिने उद्देश्यले आज रम्फू नगर पञ्चायातको पहलमा सेल्फी पोइन्टको उदघाटन गरियो। क्षेत्र विधायक एलबी दासको निर्देशमा निर्माण गरिएको यस सेल्फी पोइन्टले पर्यटकहरूलाई सिक्किम प्रवेश गर्नेक्रममा आकर्षित गर्न सक्ने आशा गरिएको छ। सिक्किम भारतको एक अभिन्न अंग बनेको ५०औं वर्षगाँठ महोत्सवको एक भागकोरूपमा निर्माण गरिएको सेल्फी पोइन्टले सबैलाई आकर्षित गर्ने बताइएको छ। जसले स्थानीय साथै पर्यटकहरूलाई आकर्षित गर्न सक्ने सोंच लिएर निर्माण गरिएको छ। रम्फू नगर पञ्चायत अध्यक्ष सञ्जीब कुमार खातीले आज यस सेल्फी पोइन्टको उदघाटन गर्दै यसको महत्वमाथि बताए। यसबीच नगर पञ्चायत उपाध्यक्ष राधा प्रधान, पार्षद पिङकु प्रसाद लगायत अन्यहरू पनि उपस्थिति थिए।