राष्ट्रीय पञ्चायतीराज दिवस पालन

IMG-20250514-WA0261

गान्तोक: राष्ट्रिय पञ्चायतीराज दिवस साथै राज्य स्थापनाको ५०औं वार्षिकोत्सवलाई लक्षित गर्दै सोरेङ रुबन कम्प्लेक्समा भव्य कार्यक्रम आयोजन गरियो। सोरेङ जिल्लाका जिल्ला पञ्चायत कार्यालय र जिल्लाका सम्पूर्ण खण्ड प्रशासनिक कार्यालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विधायक आदित्य गोले मुख्य अतिथिको रूपमा उपस्थित थिए। साथमा विधायकद्वय मदन सिञ्चुरी र इरुङ तेञ्जिङ लेप्चा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि विधायक गोलेले पञ्चायती राज दिवस र राज्य स्थापनाको ५०औं वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै महोत्सवको महत्वबारे प्रकास पारे। यस अवसरमा सोरेङ जिल्लाका सम्पूर्ण जिल्ला पञ्चायत र ग्राम पञ्चायत प्रतिनिधिहरुलाई मुख्य अतिथि र विशिष्ट अतिथिको बाहुलीबाट सम्मान जनाइयो। कार्यक्रममा स्रोतवक्ताको रूपमा उपस्थित एसआईआरडी-का निर्देशक विशाल मुखियाले पञ्चायतीराज व्यवस्थामाथि प्रकास पारेका थिए। कार्यक्रममा सोरेङ जिल्लाका अतिरिक्त जिल्लापाल कार्यालयले सोरेङ जिल्लाका उत्कृष्ट ग्राम पञ्चायत एकाईकोरूपमा दरमदिन समष्टिका लोवर फाम्बोङ ग्राम पञ्चायत एकाईलाई पुरस्कृत गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement