स्वास्थ्य सेवा सुधारमाथि १५औं वित्त आयोग कोषबारे छलफल

IMG-20250514-WA0260

गान्तोक: मंगन जिल्लाका जिल्लापाल अनन्त जैनको अध्यक्षतमा सम्पन्न बैठकमा मंगन जिल्लाअन्तर्गत प्राथमिक अनि खण्डस्तरीय स्वास्थ्य सेवा सुधारको लागि १५औं वित्त आयोग कोषबारेमा छलफल गरियो। यस अवसरमा मंगन जिल्लाका जिल्ला पञ्चायत अध्यक्ष कादो लेप्चा, मंगन नगर पञ्चायत अध्यक्ष, नोर्कित लेप्चा, उपाध्यक्ष उगेन पी काजी लगायत अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो। बैठकमा आयोगको सिफारिस अनुरूप कोष विनियोजन, स्वास्थ्य सेवा प्राथमिकता र भविष्यको योजनाबारे केन्द्रित गर्दै छलफल गरेको छ। यसले १५औं वित्त आयोगको सञ्चालन, वित्तीय नीति र विकास रणनीतिमा देखिएको समस्यालाई समाधान गर्न सकिने बताइयो। बैठकलाई सम्बोधन गर्ने क्रममा मंगन जिल्लाका प्रमुख चिकित्सा अधिकारी डा. टेम्पो टी काल्योनले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा आधारभूत स्वास्थ्य सेवाहरूबारे प्रकास पारेका थिए। यसका साथै स्वास्थ्य तत्थ्याङक व्यवस्थापन गरिने जानकारी गराए। यो पहलले विशेष गरेर ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य सेवा पूर्वाधारलाई बलियो बनाउन व्यापक सहयोग पुग्ने सम्भावना व्यक्त गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement