मिरिक: गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मुख्य कार्यपाल अनित थापाले बुधबार मिरिकको डुप्टिन ग्राम पञ्चायतकाे नव निर्मित भवनकाे उदघाटन गरेका छन्। यस अवसरमा थापाले मिरिक थर्बु डुप्टिन समष्टिकाे विभिन्न विकास कार्यहरूकाे पनि शिलान्यास गरे। जसमा सडक मरमत्ति सिलु फाटकदेखि डुप्टिनटार हुँदै नयाँ कमान मरमासम्म, बिजेन्द्र हाउस मरमादेखि मरमा सिमानासम्म, सडक मरमत्तिसहित सुरक्षा पर्खाल नन्दलाल गाउँ फाटकदेखि नन्दलाल गाउँसम्म, एमडी डाढादेखि साडे गाउँ हुँदै मिरिक बस्तीसम्म, मिरिक बजार बौद्धी गोलईदेखि मरमासम्म, टिङटिङदेखि मरमा, डुप्टिनदेखि मरमासम्म सडक मरमत्ति रहेकाे छ। उदघाटन कार्यक्रममा जीटीएको चेयरम्यान अन्जुल चाैहान, मिरिक महकुमा शासक तेन्जी ओगेन, मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइती, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, जनसम्पर्क अधिकारी विवेक गाेले, मिरिक पञ्चायत समितिका चेयरम्यान कैलास खवास, मिरिक थर्बु डुप्टिन समष्टि सभासद मिलेस राई, कार्यकारी सभासद अरूण सिग्ची, सियाेक गाेपालधारा ओकेटी समष्टिका सभासद धुर्ब बम्जन, सुकना पानीघट्टा समष्टि सभासद परेस तिर्की, पञ्चायत समिति सदस्य समीर राई, डुप्टिन ग्राम पन्चायत प्रधान शर्मिला राई, उप प्रधान मानव सुब्बा, युवा शक्ति मिरिक महकुमा अध्यक्ष उमेस ताेलाङ्गी, नारी शक्ति समष्टि अध्यक्ष किरण सुब्बा भूटिया, नारी शक्ति महकुमा अध्यक्ष गणिता गुरूङ लगायत विभिन्न ग्राम पञ्चायतका प्रधान अनि सदस्यहरूकाे विशेष उपस्थित रहेकाे थियाे। थापाकाे मिरिक थर्बु डुप्टिन समष्टि भ्रमण अवधि समष्टिका सभासद एंव पार्टी अध्यक्ष मिलेस राईकाे नेतृत्वमा पार्टी कार्यकर्ताहरूले मिरिक थाना परिसरबाट भव्य स्वागत जनाँउदै कार्यक्रम स्थलसम्म पुराएका थिए।

यस अवसरमा बोल्दै जीटीएका मुख्य कार्यपाल अनित थापाले भने, “२०१७ देखि यता हामीले सबैलाई आफ्नो विचार खुल्ला रुपमा राख्नु पाउने परिवेश बनाइदिएका छौं। हामीले व्यक्तिलाई आफ्नो विचार अनुरूप काम गर्ने, विचार राख्नु पाउने स्वतन्त्रता भएको परिवेश बनाइदिएका छौं। यति हुँदा हुँदै पनि मानिसहरू अझैं झैँ झगडा गर्छन् भने हामी कहिले अघि बढ्ने?”