सुदन गुरूङलाई अस्पतालबाट छुट्टी

IMG-20250514-WA0240

प्रशासनले सही प्रकारले छानबीन गरेर दुईजनाको पछाडी को छ खोजी निकाल्नुपर्छ: सुदन गुरूङ

दार्जिलिङ: उपचाराधीन अवस्थामा रहेका सुदन गुरूङलाई आज दार्जिलिङ जिल्ला अस्पतालबाट छुट्टी दिइएको छ। उनलाई गत ८ मईको साँझ दार्जिलिङमा प्राण घातक हमला भएको थियो।‌ त्यसपछि उनी दार्जिलिङ जिल्ला अस्पतालमा उपचाराधीन अवस्थामा रहेका थिए भने आज सात दिनपछि उनलाई अस्पतालबाट छुट्टी दिइएको छ। अस्पतालबाट छुट्टी दिइएपछि बाहिर आएर पत्रकारहरुलाई सम्बोधन गर्दै सुदन गुरूङले आफुमाथि प्राणघातक हमला भएको र आफुलाई ज्यान मार्नुलाई हमला गरिएको थियो तर म जुन मुद्दामा लडिरहेको छु सबैको प्रार्थना र आशिर्वादले साथै भगवानको दयाले जिउँदै छु भनी बताएका छन्। उनले भने, जीटीए क्षेत्रमा शिक्षामा मात्र होइन तर सबै क्षेत्रमा भष्टाचार छ भन्दै यसरी बोल्ने युवाहरु सुरक्षित छैनन्। भोलिको दिनमा सामाजिक उत्थान र भष्टचारको विरुद्धमा बोल्दा धम्काउने भईरहेको छ। दार्जिलिङ पहाडमा गुण्डराज छ। तर कोही डराउनु पर्दैन। म पनि डराउँदिन। मलाई पछाडिबाट होइन आँट छ भने अघिबाट हमला गर्नु‌। गोर्खाले कहिले पनि पछाडीबाट हमला गर्दैन।’
गुरुङले प्रशासनलाई मांग गर्दै भने, प्रशासनले सही प्रकारले छानबीन गरेर दुईजनाको पछाडी को छ खोजी निकाल्नुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement