सोनादा: सोनादाको पेट्रोल पम्प क्षेत्रमा एकजना वृद्ध केही हप्तादेखि बस्दै आएकाले स्थानीय सुमन प्रधानले सूचना दिएपछि खरसाङको सहयोगी हातको सहयोगमा उध्दार गरेको जानकारी प्राप्त भएको छ। सहयोगी हात गैर सरकारी संस्थाको सभापति सुमित्रा राई र टिम सोनादा आएर डीएलएसए टिमको सहयोगमा उक्त मानसिक रूपमा अस्वस्थ्य रहेका वृध्दलाई प्रथम सोनादाको प्राथमिक स्वास्थ केन्द्रमा लगेर स्वास्थ्य जाँच गराएर खरसाङको खहरेस्थित वृध्दाश्रममा ४ दिनको लागि लागिएको छ। आगामी आईतबार उक्तलाई घुसपुकुरको मिशनेरी वृध्दाश्रममा पठाइने भएको जानकारी प्राप्त भएको छ। उक्त वृध्दलाई मंगलबार सोनादाबाट उध्दार गरिएको टोलीमा सहयोगी हातको तर्फबाट सुमित्रा राई, रमेश राई रहेका थिए भने डीएलएसएबाट प्रीति थापा, शबनम अन्सारी, पूजा थापा आदि रहेका थिए। सोनादाबाट उध्दार गरिएको वृध्द विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सहयोगी हातको तर्फबाट सुमित्रा राईले विगत एक सातादेखि सोनादाको पेट्रोल पम्प क्षेत्रमा एकजना मानसिक अस्वस्थ्य रहेका वृध्द रहेको स्थानीय सुमन प्रधानले जानकारी गराएका थिए र आज उनलाई हेर्न र उध्दार गर्न आएको बताएका छन्। उनले दुई महिनादेखि यहाँ एकजना वृद्ध रहेको जानकारी पाएको र बीचमा डीएलएसएले उध्दार गरेर लगे पनि पुनः यही आएको रहेछ र आज हामीले यहाँ आएर हेरेर उध्दार गरेको जानकारी गराएकी छन्। उनले उक्त वृध्दलाई घोसपुकुर लगिने र त्यहाँ ठाउँ नभए डीएलएसएको सहयोगमा बहरमपुर लगिने पनि जानकारी गराएकी छन्।