रोहिनी: रोहिनी भेटरन्सको तत्त्वावधानमा आयोजित फोर्टी प्लस भेटरन फूटबल टुर्नामेण्टमा मंगलवार दुईवटा म्याच खेलियो। रोहिनी लेकमा खेलिएको पहिलो म्याचमा बुङकुलुंग भेटरन्सले एफएफसी सिलगढ़ीविरुद्ध २-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट दिनकर छेत्री र नरेश लाईले गोल गरे। यसरी दोस्रो म्याचमा युनाइटेड सोनादाले अम्बोयिटा भेटरन्सविरुद्ध ४-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट मिलन राई ले २ गोल गरे। यसरी राजु थिंग र बिदाई थापा ले १-१ गोल गरे। यसरी अम्बोटियाको तर्फबाट सौलभ थापा ले १ गोल गरे। यस सेवेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २५ मईमा खेलिनेछ।