शमीको खराब फर्म र फिटनेसले गर्दा अर्शदीपले ईंग्ल्याण्डविरुद्ध मौका पाउने सम्भावना

IMG-20250514-WA0127

नयाँ दिल्ली: भारतीय राष्ट्रिय क्रिकेट टीमका देब्रे हातका पेस बलर अर्शदीप सिंह आउँदो महिना शुरु हुने महत्त्वपूर्ण टेस्ट सीरीजको निम्ति ईंग्ल्याण्ड जाने प्रबल सम्भावना रहेको छ। ईंग्ल्याण्ड यात्रामा भारतले ५ वटा टेस्ट म्याचको सीरीज खेल्नेछ। सीरीज २० जूनमा शुरु हुनेछ अनि ४ अगस्तमा समाप्त हुनेछ। सीनियर टीमको सीरीज अघि भारत ए टीमले ईंग्ल्याण्डमा २ वटा चारदिने म्याच खेल्नेछ। इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-मा असल फर्ममा देखिएका २६ वर्षीय अर्शदीप अहिले ईंग्ल्याण्डमा हुने सीरीजको निम्ति चयनकर्ताहरूका रडारमा रहेका छन् अनि उनलाई टेस्ट टीममा चयन गरिने प्रबल सम्भावना रहेको छ। अनुभवी पेस बलर मोहम्मद शमीको चयन तय छैन। उनलाई टेस्ट टीममा स्थान प्राप्त हुने ५०-५० प्रतिशत सम्भावना छ जबकि हर्षित राणा भारत ए टीमसँग ईंग्ल्याण्ड जानेछन्। अहिले शमीको फर्म र फिटनेस ठूलो चिन्ताको विषय बनेको छ कारण आईपीएलको जारी सीजनमा पनि उनको प्रदर्शन औसत रहेको छ।
उल्लेखनीय छ, भारतले ईंग्ल्याण्ड यात्रामा पहिलो टेस्ट म्याच २०-देखि २४ जूनसम्म हेडिंग्ले, लीड्समा खेल्नेछ। त्यसपछि दोस्रो टेस्ट २-देखि ६ जुलाईसम्म एजबेस्टन, तेस्रो टेस्ट १०-देखि १४ जुलाईसम्म लर्ड्स, चौथो टेस्ट २३-देखि २७ जुलाईसम्म म्यानचेष्टरको ओल्ड ट्रेफर्ड र पाँचौं तथा अन्तिम टेस्ट म्याच ३१ जुलाईदेखि ४ अगस्तसम्म लण्डनको द ओवलमा खेलिनेछ। भारतका नियमित कप्तान रोहित शर्माले हालै टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् अनि उपकप्तान जसप्रीत बुमराह टेस्ट कप्तानी सम्हाल्ने मूडमा छैनन्। यसैकारण उनले यस दौड़बाट नाम फिर्ता लिएका छन्। यसैकारण टेस्ट कप्तान बन्ने होड़मा अहिले शुभमन गिल, रिषभ पन्त र केएल राहुल रहेका छन्। सूत्रबाट थाहालागे अनुसार, चयनकर्ताहरू गिललाई टेस्ट कप्तान बनाउने विचारमा छन्। गिलले मुख्य प्रशिक्षक गौतम गम्भीर र मुख्य चयनकर्ता अजीत अगरकरसँग पनि यसबारे चर्चा गरिसकेका छन्। यसैकारण ईंग्ल्याण्डविरुद्ध टेस्ट सीरीजमा गिलले नै भारतीय टीमको कप्तानी गर्ने प्रबल सम्भावना छ। यसबारे आधिकारिक घोषणा चाँड़ै गरिने सम्भावना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement